|

काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ।

ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिन सोमबार रथयात्रा सुरु भएको हो।

दिउँसो साढे ४ बजे पुल्चोकबाट रथ तान्न सुरु भएको हो। गुठी संस्थान ललितपुरका अनुसार आज रथ पुल्चोकबाट तानेर गाःबहाल पुर्‍याएर सोमबार नै ललितपुरकै टंगालबाट मीननाथको समेत रथ तानी पुल्चोकसम्म पुर्‍याइएको हो। 

दुवै रथलाई एकैसाथ तान्ने प्रचलन छ। रथलाई पाटनका विभित्र स्थानमा परिक्रमा गराइन्छ। पुल्चोक, गाःबहाल, सुन्धारातर्फ महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल, पोडेटोल र जावलाखेलमा परिक्रमा गराइएको छ। 

मच्छिन्द्रनाथको जात्राका क्रममा नरिवल खसाल्ने जात्रा र भोटो देखाउने जात्रा पनि पर्छन्। जावलाखेल पुर्‍याएपछि रथबाट भोटो देखाएर जात्रा समाप्त गरिन्छ। 

हरेक दिन रथ तानेर पुर्‍याइएका ठाउँमा जात्रा मनाइन्छ। रातो मच्छिन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ। 

मच्छिन्द्रनाथको रथ जात्राका केही झलक तस्वीरमा:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.