|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने प्रतिनिधि सभा बैठकमा फर्किएका छन्। उनी प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएपछि प्रतिनिधि सभा बैठकमा फर्किएका हुन्। 

गत २०७९ मंसिर ४ मा भएको निर्वाचनमा पनि उनी चितवन-२ बाट निर्वाचित भएका थिए। निर्वाचनपश्चात् उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भए। उनी गृहमन्त्रीको हैसियतमा सरकारमा रहे पनि नागरिकता सम्बन्धी प्रकरणमा गत माघ १३ गते उनको सांसद् पद खारेज भएको थियो।  

यस्तै, पुन वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ बाट नै भारी मतले उनी निर्वाचित भएका हुन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.