|

काठमाडौँ : प्रतिनिधिसभाको शुक्रवारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएपछि सत्तापक्षले संसद् अवरोध गरेको छ।

सभामुख देवराज घिमिरेले सांसद कोइरी उपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन्। सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्मका  २१ वटा बैठकमा स्वास्थ्योपचारका कारण अनुपस्थित रहेको जानकारी गराएका थिए।

सभामुखको कुरामा विरोध जनाउँदै सत्तापक्षका सांसदहरूले संसद् अवरोध गरेका थिए। सोही कारण बैठक ३० मिनेटको लागि स्थगन भएको छ। नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले विरामी भन्नु जग हसाइको विषय भएको बताए। संसद्‌ले झूटो कुरा गर्न नहुने उनको माग थियो।

सभामुखले सांसद कोइरीको विषयमा संविधानबमोजिम कारबाही हुने बताउँदै संसद्को अवरोध खोल्न आग्रह गरेका थिए। सांसदहरूले सभामुखको कुरा नसुनेपछि संसद् बैठक ३० मिनेटका लागि स्थगन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.