काठमाडौं : एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल जारी छ। वर्षाका कारण खेल प्रभावित भए पनि पुनः खेल सुरु भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न दर्शकको ओइरो लागेको छ। दर्शकहरु खेल हेरिरहेका छन्। कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। खेललाई ४२ ओभरमा झारिएको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।