|

काठमाडौं :  ८८४८ इन्टरटेनमेन्ट प्रा.लिको प्रस्तुति तथा धिमाल फिल्मसको निर्माणमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘सानीमाया’ को शुभमुर्हत भएको छ। नेपाल चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले चलचित्रको शुभमुर्हत गरेका हुन्।

कार्यक्रममा बोल्दै राईले चलचित्र बनाउनु ठूलो कुरा नभएको तर राम्रो चलचित्र बनाउनु चुनौतीपूर्ण रहेको बताए। नेपाली चलचित्रको  अवस्था नाजुक बन्दै गएको अवस्थामा सानीमाया फिल्मले चलचित्र क्षेत्रमा एक ईट्टा थप्ने विश्वास उनले गरे।

कार्यक्रममा बोल्दै फिल्मका लेखक एवम् निर्देशक देव धिमाललेफिल्ममा धेरै कलाकारहरु नयाँ अनुहार भएको र नयाँ अनुहारले पनि गर्न सक्छन् भन्ने उदाहरण यस चलचित्रबाट देखिने कुरामा आफू विश्वस्त रहेको बताए।

उनले भने , ‘नयाँ बाटै पुरानो हुने हो ,यसकारण यस फिल्ममा पुराना र नयाँ कलाकारहरुको संयोजनले चलचित्र सफल हुने विश्वास छ।’

 राज चौधरी  निर्माता रहेको यस चलचित्रमा  रामचन्द्र अधिकारी,शारदा गिरि ,सावित्रा चिलवाल,राजकुमार शाह ,अर्जुन थापा ,स्वेच्छा ढकाल ,प्रियंका श्रेष्ठ,अभिषेक फुयाँल,कृष्णप्रसाद धिताललगायत कलाकारको अभिनय रहनेछ। जेष्ठको दोस्रो हप्ताबाट सुटिङ हुने निर्माण पक्षले जनाएको छ। ओ. यस. आर. डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.