|

काठमाडौं : हास्य कलाकार सुबोध गौतमले व्यंग्यात्मक कार्यक्रम साझा मुक्का ल्याउने भएका छन्। प्रत्येक आइतबार साँझ ७:३० बजे साझा कथा युट्युव च्यानलमार्फत उनको यो कार्यक्रम आउन लागेको हो।

वैशाख २४ (भोलि)  देखि सुरु हुने साझा मुक्का कार्यक्रममा विशेषगरी राजनीतिक, सामाजिक व्‍यंग्यको भावना पाइने कलाकार गौतमले बताएका छन्। पछिल्लो समय हाम्रो देशमा हुने गरेका राजनीतिक बेथिति तथा राजनीतिक संरक्षण र बचावटबारे विभिन्न राजनीतिक दल, नेता तथा सरकारको समेत व्‍यंग्य प्रस्तुतिमा रहने उनको भनाइ छ।

पछिल्लो समय क्यारिकेचर किङ भनेरसमेत चिनिने कलाकार गौतमले करिब १५० व्‍यक्तित्वहरूको दुरुस्तै हाउभाउ र बोली नक्कल गर्न सक्छन्। उनले राजनीतिक दलका नेता, कलाकार, तथा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्‍यक्तित्वहरूको समेत क्यारिकेचर गरिसकेका छन्।

लोकप्रिय टेलिसिरियल 'सक्किगोनि' मा एदुमेको रोलमा खेलेका कलाकार गौतम आम दर्शकबीच लोकप्रिय कलाकार मानिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.