|

विराटनगर : हरियाली पहाडलाई पृष्ठभूमि बनाएर बसेको धरान–२० मा रहेको चिण्डेडाँडा पछिल्लो समय पर्यटनको आकर्षण गन्तव्य बन्दै गएको छ।

धरानबाट उत्तरपश्चिमको ७ किमीको दूरीमा रहेको चिण्डेडाँडामा तराईमा गर्मी बढेसँगै चिसो मौसमको अनुभूति गर्नुका साथै विभिन्न स्थानबाट हाइकिङका लागि पनि पर्यटक आउँछन्।

यो ठाउँबाट सुन्दर धरान बजार, सप्तकोशी नदी साथै तराईका विभिन्न भागको दृश्य नियाल्न सकिन्छ।

गोरेटो कच्ची बाटोलाई स्तरोन्नति गरेर दुई पाङग्रे सवारीसाधन पुग्न सक्ने बाटो बनाइएको उक्त ठाउँमा विकासका पूर्वाधार पुर्‍याउन सके पर्यटकीय क्षेत्रमा राम्रो सम्भावना रहको त्यस क्षेत्रका बासिन्दा बताउँछन्।

चिण्डेडाँडाबाट साँझको समय धरानलाई नियाल्दा बेहुली झैँ देखिने दृश्यले मात्रै पर्यटकलाई तानेको छैन। त्यहाँको भौगोलिक हिसाबले होस् या हावापानीको हिसाबले पनि आन्तरिक पर्यटक पुग्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.