|

काठमाडौँ : चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशभक्त चलचित्र निर्माण गर्दा राज्य नै विरोधमा उत्रिएको बताएका छन्।​

मंगलवार काठमाडौंमा चलचित्र काँडेतारबारे अन्तरसंवादमा बोल्दै उनले चलचित्र काँडेतार प्रदर्शन गर्न नदिन स्वयं राज्य सत्ता नै लागेको आरोप लगाए। उनले सेन्सर बोर्डले केही संवाद र दृश्य काट्न निर्देशन दिएको भन्दै कुनै संवाद र दृश्य नकाटी प्रदर्शन गर्न पाउनुपर्ने माग आफ्नो रहेको बताए।

उनले देशभक्त चलचित्रलाई राज्य सत्ता नै लागेर खेदेको दाबी गरे। उनले देशभक्त चलचित्र प्रदर्शन गर्न नदिने र फिल्ममा त्यस्ता अपाच्य दृश्य भए जेल सजाय भोग्न आफू तयार रहेको बताए।

उनले भने, ‘केही संवाद र दृश्य काट्नुस् भनेको छ। जस्ताको त्यस्तै चलचित्र प्रदर्शन गर्न दिनु भएन भने अदालत जाने सुविधा छ। देशभक्त चलचित्रलाई खेदेको खेद्‌यै गर्ने, संवेदनशील फिल्म नबनून् भन्ने लाग्छ कि के हो। स्टारहरू राख्छु भनेर अफर गर्दा कोही पनि स्टारले चाहनुभएन।’

अध्यक्ष खड्काले देशभक्त चलचित्रबारे बोल्न पार्टीका नेताहरू नै हिच्किचाएको आरोप लगाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.