|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार भेटवार्ता गरेका छन्।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भएको भेटघाटमा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासका साथै राष्ट्रिय अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

अध्यक्ष नेपालले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका स–साना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेकाले एकताका लागि गौतमसँग प्रस्ताव राखेका थिए।

नेता गौतमले एकताका लागि आफू सकारात्मक रहेकाले आफ्नो समूहबाट छलफल गरी छिट्टै निर्णय लिने बताए।

एकीकृत समाजवादीले सङ्गठन सुदृढीकरणका साथै वामपन्थी दलसँग एकताका लागि समान दृष्टिकोण तथा वैचारिक रूपमा नजिक रहेका दललाई एकताबद्ध गर्न उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा कार्यदलसमेत गठन गरेको थियो।

कार्यदलले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग एकताका लागि विभिन्न चरणमा वार्ता गरेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.