|

काठमाडौं : नेपाल शिक्षक महासंघले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत आफ्ना विभिन्न मागहरू सम्बोधन गराउन सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएको छ।

देशका विभिन्न स्थानबाट महासंघमा आबद्ध शिक्षकहरू काठमाडौको माइतीघरमा शुक्रबार जम्मा भइ दबाबमूलक प्रदर्शन गरेका हुन्।

काठमाडौं उपत्यकालगायत चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक विभिन्न जिल्लाबाट आएका शिक्षकहरु आज काठमाडौंका विभिन्न स्थानमा जम्मा भइ माइतीघर आएका हुन्।

आगामी आर्थिक वर्षको बजेटमा विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब वृद्धि गर्नुपर्ने, तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्नुपर्ने, मासिक तलब नियमित रुपमा महिनैपिच्छे भुक्तानी दिने प्रबन्ध गर्नुपर्ने, कूल बजेटको २०% शिक्षामा लगानी गर्नुपर्ने, शिक्षण सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षकसरह तलब दिनुपर्ने लगायत माग सम्बोधन सरकारले गर्नुपर्ने उनीहरुको माग छ।

शिक्षकहरूको प्रदर्शन तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.