|

काठमाडौँ : माओवादी केन्द्र आबद्ध विभिन्न सङ्गठनले आज माइतीघरमा प्रदर्शन गरेका छन्।

नक्कली शरणार्थी काण्डमा मुछिएका सबैलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।​ वाइसीएल बागमती कमिटीको नेतृत्वमा माओवादी केन्द्र आबद्ध जनवर्गीय संगठनहरू सहभागी भएका छन्।

प्रदर्शनकारीहरूले पूर्व माओवादी नेता एवं हालका निलम्बित एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध चर्को नारा लगाएका छन्।

फरार रायमाझीलाई एमालेले लुकाएको उनीहरूको आरोप छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.