|

भारतको कर्नाटकमा भएको विधानसभा निर्वाचनको नतिजा शनिबार आउँदैछ । 

शनिबार बिहान ८ बजेबाटै प्रदेशका ३६ वटा मतगणना केन्द्रबाट मतगणना सुरु भएको छ। दिउँसोसम्म स्पष्ट नतिजा आइसक्ने निर्वाचन अधिकारीहरूले जनाएका छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार यो पटक प्रदेशमा ७३.१९ प्रतिशत मतदान भएको छ, जुन प्रदेशकै अहिलेसम्मकै उच्च रेकर्ड हो । 

अधिकारीहरूले भने कर्नाटकमा बीजेपी हार्ने र कांग्रेसले बहुमत ल्याउने विश्लेषण गरिरहेका छन्। यता कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्माईले आफ्नो सरकार बहुमतका साथ सत्तामा फर्किनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.