|
तस्वीर : रोयर्टस

अनगिन्ती सपना बोकेर अवैध रुपमा अमेरिका छिर्नेको ताँती आज पनि उस्तै छ। समाचार संस्था रोयर्टसका अनुसार यो हप्तामात्र मेक्सिकोको सीमा क्षेत्रबाट अवैध रूपमा दैनिक १० हजारभन्दा बढी आप्रवासी अमेरिका छिरेका छन्।

आप्रवासीहरू अमेरिकामा जोखिमपूर्ण रुपमा खोला, जंगल र सीमा क्षेत्रको पर्खालबाट उक्लँदै अमेरिका घुस्ने गरेका छन्।

अमेरिका र मेक्सिको सीमामा मौका छोपेर बसेकाहरुमध्ये अमेरिका प्रवेश गर्न ज्यादै थोरै मात्र सफल हुने बताइन्छ। अमेरिकाले हालै आप्रवासीहरूलाई शरण नदिन कडाइका साथ लागू गरेको छ। रोयटर्सले मेक्सिकोको रियो ग्रान्डी नदी किनारबाट अमेरिकातर्फ जाँदै आप्रवासीहरू तस्वीरहरू सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.