|

श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन निलीलाई घाँटी थिचेर  मरणासन्न पारी शुक्रबार बिहान न्युयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। पेनीलाई शुक्रबार दिउँसो म्यानहटन फौजदारी अदालतमा उपस्थित गराइएको छ।

मे १ मा निलीको मृत्यु भएकै  दिनमा न्युयोर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो।

मे ३ मा निलीको हत्या भएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको छ।

म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले पेनीलाई नरसंहारको आरोपमा पक्राउ गरिने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.