|

काठमाडौं : टर्कीमा आज राष्ट्रपतिय तथा संसदीय निर्वाचन हुँदैछ। 

गत फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पको तीन महिनापछि हुन लागेको आम निर्वाचनलाई राष्ट्रपति रिसेप तायिप एर्दोगानको भविस्यसँग जोडेर हेरिएको छ। झण्डै ५० हजार मानिसको ज्यान लिएको भूकम्पपछि राहत, उद्धार र पुनर्निर्माणको काममा सरकारको भूमिकाप्रति नागरिकमा असन्तुष्टि बढेको छ। 

२० वर्षदेखि सत्तामा रहेका एर्दोगानको भविस्य यो निर्वाचनले निर्धारण गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

एर्दोगानले भूकम्पपछिको उद्धारमा ढिलासुस्ती मात्र नभई भवन निर्माणमा लापरबाही गर्ने कम्पनीहरुको संरक्षणमा लागेको नागरिकहरुको आरोप छ। सन् १९७६ मा आफ्नो राजनीतिक यात्रा सुरु गरेका ६९ वर्षीय एर्दोगान २००३ देखि २०१४ सम्म प्रधानमन्त्री बन्नु भएको थियो। 

त्यसपछि उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी शासकीय स्वरुप परिवर्तन गरी राष्ट्रपतिमा अधिकार केन्द्रित गरे। त्यसयता उनी राष्ट्रपतिका रुपमा छन्।  विरोधीहरुप्रति कठोर एर्दोगान पुनः राष्ट्रपतिको दौडमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.