|

काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउद र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ। बङ्गलादेशको राजधानी ढाकामा दुवैबीच आइतबार भेटवार्ता भएको हो।

भेटमा दुईपक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ। छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ।

ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन मन्त्री साउद शुक्रबार ढाका गएका थिए। ढाकामा रहँदा उनले शुक्रबार नै भारतीय समकक्षी एस. जयशङ्करसँग भेटवार्ता गरेका थिए।

जयशङ्करसँगको भेटघाटमा समग्र दुईपक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको साउदले बताए। ​हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको हो।

सम्मेलन भारतीय विदेश मन्त्रालय, इन्डिया फाउण्डेशन र बङ्गलादेशको विदेश मन्त्रालयले संयुक्त आयोजना गरेका थिए। परराष्ट्रमन्त्री साउद आज बेलुकी स्वदेश फर्कँदै छन्। बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी भएर स्वदेश फर्किएको दुई दिनपछि उनी बङगलादेश गएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.