|

काठमाडौं : मेक्सिकोको उत्तरी क्षेत्रमा मालबहाक ट्रक र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ।

ट्रक र भ्यान ठोक्किँदा आगो लागेर २६ जनाको ज्यान गएको अधिकारीले जनाएका छन।  उत्तरी राज्य तमौलिपासमा भएको उक्त दुर्घटनामा मृत्यु भएको अधिकारीहरुको भनाइ छ।

मालबहाक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन। चालकले ट्रेलरबाट छुटाएर भागेको हुन सक्ने प्रहरीको अनुमान छ।

उक्त राज्यको राजधानी सियुदाद भिक्टोरिया नजिकको राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.