|
सांकेतिक तस्विर

भक्तपुर : सूर्यविनायक नगरपालिका–५, चुनदेवीमा आइतबार साँझ भएको आगलागीमा दुई करोड २९ लाखको क्षति भएको छ।  

स्थानीय ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखाना आगलागी भएको थियो।  

प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर घटनाको मुचुल्का गरी क्षति विवरण संकलन गर्दै क्षतिको मूल्याङ्कन गरी साँझ क्षति विवरण सार्वजनिक गरेको प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए।

न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा साँझ सवा ७ बजे लागेको आगो फैलिँदै घर र सँगैको कृपालु फर्निचरमा समेत आगलागी हुँदा तयारी फर्निचर, कच्चापदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट भएको थियो।

आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको सहयोगमा राति १० बजेर ३० मिनेटमा नियन्त्रणमा लिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.