|

रौतहट : भ्रष्टाचारविरुद्ध रौतहटको चन्द्रनिगाहपुरमा प्रदर्शन भएको छ। कुनै पनि दलसँग आबद्ध नभएका स्वतन्त्र युवाहरूको आयोजनामा मंगलबार चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन भएको हो।

उनीहरूले भ्रष्टाचारविरोधी प्लाकार्ड लिई चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए। देशप्रेमी युवा एकजुट हौ‚ भ्रष्टाचारी भगाऔं, देश बचाऔं भन्ने नारा सहित युवाहररूको समूहले चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरेको हो। 

चन्द्रपुर स्वतन्त्र नागरिक समाजको आयोजनामा भएको विरोध प्रदर्शनमा सहभागीहरूले लडाकु समायोजनमा भएको भ्रष्टाचार, ओम्नी काण्ड, ललिता निवास काण्डका दोषीमाथि कारबाहीको माग गरेका थिए। 

चन्द्रपुर स्वतन्त्र नागरिक समाजका अध्यक्ष महारत्न बिष्टले देशमा भएका ठूला भ्रष्टाचार काण्डको फाइल खोल्नुपर्ने बताएका छन्। 

विरोध र्‍यालीले नगरका विभिन्न स्थान परिक्रमा गरेर चन्द्रनिगाहपुरस्थित मुख्य चोकको तीनकुने पार्कमा आएर कोणसभा गरेर सम्पन्न भएको थियो। कारणसभामा चन्द्रपुर स्वतन्त्र नागरिक समाजका प्रभासविक्रम थापाले ठूला भ्रष्टाचारमा मुछिएकालाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने बताएका  थिए।

चन्द्रपुर स्वतन्त्र नागरिक समाजले अबका दिनमा चन्द्रपुरमा भ्रष्टाचारविरोधी अभियान चलाउने अध्यक्ष बिष्टले बताए। 

सहभागीले चन्द्रनिगाहपुर सरकारी अस्पतालमा भएको अनियमितता तथा औषधिको विषयमा छानबिन समेत गर्नुपर्ने बताएका थिए। 

युवा तथा वृद्ध र स्थानीयको उल्लेख्य सहभागिता रहेको विरोध प्रदर्शनलाई आफूहरूले निरन्तरता दिने विरोध प्रदर्शनमा सहभागी रहेको चन्द्रपुर स्वतन्त्र नागरिक समाजका दिलीप थापाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.