|

काठमाडौं : दक्षिणपूर्वी नाइजेरियाको अमेरिकी दूतावासमा गोली चल्दा दुई कर्मचारी र दुई प्रहरी अधिकारीको ज्यान भएको छ। 

बन्दुकधारीहरूले नाइजेरियाको अनम्ब्रा राज्यको अटानी सहर नजिकै आक्रमण गर्दै तीन जनालाई अपहरण समेत गरेका छन्। बन्धुकधारीले पुलिस फोर्सका दुई र वाणिज्य दूतावासका दुई कर्मचारीको हत्या गरि शवसहित सवारी साधनमा आगो लगाएका छन्। 

यद्यपी आक्रमणकारीहरू भागेपछि मात्रै थप प्रहरी टोली पुगेको अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । घटनापछि अमेरिकी विदेश विभागले एक विज्ञप्ति जारी गर्दै घटनाबारे छानबिन गर्न नाइजेरियालाई भनेको छ । अनम्ब्रामा बढ्दो हिंसामापृथकतावादीहरू जिम्मेवार हुनुपर्ने प्रहरीले बताएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.