|

म्याग्दी : स्पेनका ८४ वर्षीय कार्लोस सोरिया फोन्तेनको विश्वकै सातौं अग्लो धौलागिरि प्रथम हिमाल आरोहण गर्ने १३ औं प्रयास पनि असफल भएको छ।

म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा पर्ने ८,१६७ मिटर हिमालको चुचुरोमा पुग्ने क्रममा अचानक दुर्घटनामा परेपछि १३ औँ प्रयास असफल भएको हो।

चुचुरोमा पुग्ने क्रममा तेस्रो क्याम्पबाट उक्लने क्रममा अचानक दुर्घटनामा परेपछि गाइडले तेस्रो क्याम्पमतर्फ ल्याउने बताइएको छ।

सन् १९९८ मा पहिलोपटक आरोहण प्रयास गरेका कार्लोसको यो १३ औँ प्रयास हो। क्याम्पको तेस्रो तहसम्म पुगेका कार्लोस अचानक प्रतिकूल मौसमका कारण रोकिनुपरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले पुष्टि गरेका छन्।

स्पेनबाट धौलागिरि आरोहणका लागि बिदाइ हुनुअघि कार्लोसले भनेका भनेका थिए, ‘कीर्तिमान राख्न नभई पर्वतारोहणको आनन्दको निरन्तरताका लागी धौलागिरि आरोहणमा जाँदै छु।’

दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरूको सहयोगमा क्याम्प तीनमा झारिएको छ। कार्लोस सहकर्मी कार्कोभिल्लाको साथमा धौलागिरि आरोहणका लागि मार्च २४ मा स्पेनबाट बिदा भएका थिए।

सन् २०२१ सेप्टेम्बर १४ तारिखमा पनि १३ औं प्रयासमा कार्लोस धौलागिरिको ७ हजार १ सय मिटर उचाइको तेस्रो क्याम्प फिक्स गरेपछि मौसम अचानक बिग्रेपछि आरोहण त्यागेर फर्किएका थिए।

कार्लोसले यसअघि नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंघा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरी विश्व रेकर्ड राखेका छन्।​

मंगलबार मात्रै उनले आफ्नो फेसबुकमा ७ हजार २ सय मिटर उचाइमा पुगेको र मिकेल शेर्पा सहितको टोलीबाट राम्रो साथ भएको उल्लेख गरेका थिए। गत वर्ष कार्लोस ७ हजार मिटरको उचाइमा रहेको पहिलो क्याम्पमा पुगेर फर्किएका थिए।

पछिल्लो केही दिन यताको प्रतिकूल मौसमका कारण आरोहणमा निस्किएका आरोहीलाई समस्या भएको छ। सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा आरोहणमा निस्किएको पासाङ शेर्पाले जानकारी दिए।

सन् २००१ मा सगरमाथा आरोहण गरेका कार्लोसले नेपालकै चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंघा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरी विश्व रेकर्ड भने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.