|

काठमाडौं : नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बिहीबार प्रदर्शन गरेको छ। 

पार्टी समर्थित १९ वटा विभिन्न जनवर्गीय संगठनहरूको आयोजनामा बिहिबार दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो। पार्टीले बुधबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे सहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.