|

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा (एकीकृत समाजवादी) पार्टी अब चल्ने नसक्ने प्रमाणित भएको बताए।

शनिबार ४० औं नेत्रलाल पौडेल अभागी स्मृति दिवस समारोहमा तुलसीपुरमा बोल्दै एमालेलाई कमजोर बनाउन सकिन्छ कि भनेर केही सांसदले जिते पनि समाजवादीलाई शक्तिका रूपमा नमानेको बताए।

उनले भने, ‘त्यो जित एमालेलाई कमजोर बनाउने कष्टमा निकालेको जित हो। समाजवादीलाई शक्तिका रूपमा मानेर नदिएको होइन। यस कारण अब समाजवादी पार्टी चल्न सक्दैन भन्ने तय भएको छ।’

उनले  एमालेलाई पराजित गर्न सकिँदैन भन्ने ठान्नेहरूले एमालेलाई विभाजित गर्न षड्यन्त्र गरेर कानुन बदल्ने प्रयासबाट स्पष्ट भएको बताए। जुन दिन एमालेलाई विभाजित गर्ने काम भएको थियो। त्यही दिन नै कानुन फिर्ता लिने काम भएको समेत उनको भनाइ छ।

उनले  भने, ‘यदि त्यो कानुन अहिले पनि भएको भए। अहिले समाजवादीमा चुनाव जितेका सांसदमध्ये धेरै एमालेमा फर्किन तयार छन्। तर कानुन अहिले निस्तेज बनाइएको छ।’ उनले आज पनि त्यो कानुन भएको भए समाजवादीका सबै सांसद एमालेमा आउने र त्यो हिसाबले एमाले संसद्को पहिलो पार्टी बन्न सक्ने बताए। त्यही भएर पनि कानुनका कारण एमालेलाई बलियो पार्टी हुनबाट रोकिएको उनको आरोप छ।

कायरले जनता जाने कुराको विरोध गर्ने गरेको समेत आरोप लगाए। उनले एमाले जनतालाई बलियो बनाउने पक्षमा उभिएको पार्टी भएको समेत दाबी गरे। यसैगरी उनले कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको आरोप लगाए।

उनले नेपाली कांग्रेस पार्टी सबैभन्दा पुरानो पार्टी भएको दावी गरे पनि आज आफ्नो खुट्टामा उभिएर अगाडि बढ्ने आँट गर्न नसक्ने पनि बताए। 

कांग्रेसले आँट गर्न नसक्दा देश संकटमा परेको उल्लेख गर्दै उनले कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको समेत आरोप लगाए। यस्तै उनले एमालेका विरुद्ध घेराबन्दी, मोर्चा बन्दी गर्दा गते चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेको पनि बताए। उनका अनुसार ७७ जिल्लामध्य समानुपातिकमा ४४ जिल्लामा र ७ प्रदेशमध्ये समानुपातिकमा ६ प्रदेशमा पहिलो हुँदा पनि संसद्‌मा एमाले दोस्रो दल बनेको छ। 

यस्तै नेकपा माओवादी केन्द्र अहिले सत्ताको नेतृत्व गरे पनि ओरालो लागेको पनि उल्लेख गरे। उनले भने, ‘पहिलो संविधानसभाको चुनावमा ३० प्रतिशत भोट ल्याएको माओवादी गत चुनावमा ११ प्रतिशतमा झरेको छ। अब आउने चुनावमा त्यो भोट धेरै घट्नेछ।’ नेपालको वामपन्थी आन्दोलनका हिसाबले एमाले नै यो देशको सबैभन्दा बलियो शक्ति भएको र देशको लोकप्रिय पार्टी रहेको दाबी गरे।

समाजवादीका केन्द्रीय नेता कार्यकर्ता एमालेमा फर्किए

उक्त कार्यक्रममा महासचिव पोखरेलले समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीसहित जिल्लाका ३५० भन्दा बढी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराए।

समाजवादीका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, जिल्ला अध्यक्ष सुरामणि बेल्बासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी सहितका नेता कार्यकर्ताहरू एमालेमा फर्किएका हुन्।

पार्टी प्रवेशपछि विश्वासीले बाटो बिराएको भन्दै आत्मालोचना गरेका थिए। उनीहरूले कमीकमजोरी स्विकार्दै आफू पुनः आफ्नै घरमा फर्केको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.