|
यार्चागुम्बा संकलन गर्न हिँडेका व्यक्ति। तस्वीर : रासस

धनगढी : बझाङमा यार्चागुम्बा संकलनका लागि लेकतिर गएका २ जना घाइते र ३ जना बेपत्ता भएका छन्।

आज (आइतबार) हिमपहिरोमा परेर जिल्लाको सुर्मा गाउँपालिका-२ को धनसेरा भन्ने ठाउँबाट उनीहरू बेपत्ता भएका हुन्। उक्त क्षेत्र सुर्मा गाउँपालिका र साइपाल गाउँपालिकाको सिमानामा पर्छ।

आज बिहान १० बजेतिर यार्चागुम्बा संकलनका लागि गएका ५ जना हिमपहिरोमा परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए। उनले तीमध्ये २ जना घाइते भएको पनि बताए।

हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन।

उनका अनुसार अहिले त्यस क्षेत्रतर्फ जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोली उद्धारका लागि हिँडेको छ।

घटनास्थल निकै टाढा र त्यहाँ सडकको सञ्जाल नजोडिएकाले प्रहरी टोली पुग्न केही समय लाग्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.