|
फाइल तस्वीर : रासस

धनगढी : बझाङमा यार्चागुम्बा सङ्कलनका लागि गएकी सुर्मा गाउँपालिका–३ की रमादेवी भनिने रामकोइलादेवी बोहराको शव भेटिएको छ।

बझाङका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले उक्त जानकारी दिएका छन्। रमादेवीका श्रीमान घाइते छन्।

आज (आइतबार) करिब बिहान ९ बजे सुर्मा गाउँपालिका र साइपाल गाउँपालिकाको सिमानाअन्तर्गत पर्ने धनसेरी हिमक्षेत्रमा गएको हिमपहिरोमा यार्चागुम्बा सङ्कलन गर्न गएका ५ जना परेका थिए। तीमध्ये २ जना घाइते भएको र २ जना सम्पर्कविहीन रहेको जानकारी आएको प्रहरीले जानकारी दिएको छ।

​सम्पर्कविहीन २ जनाको खोजीमा प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ। बेपत्ताहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ भने सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वको टोली घटनास्थलतर्फ हिँडेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.