|
प्रतीकात्मक तस्विर

काभ्रेपलाञ्चोक : जिल्ला अदालत धुलिखेलमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा सम्बन्धविच्छेदका ३६५ मुद्दा दर्ता भएको छ। अदालतका अनुसार सम्बन्धविच्छेदको यो संख्या २०७९ साउनदेखि चैतसम्मको हो। 

चालु आवमा सम्बन्धविच्छेदको मुद्दा दर्ता अघिल्लो आवको भन्दा निकै बढी भएको अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले बताए। उनका अनुसार वैशाख महिनामा करिब दुई दर्जन सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। ‘अघिल्लो वर्षको तुलनामा सम्बन्धविच्छेदसम्बन्धी घटना यो वर्ष निकै बढेको पाइयो’, उनले भने, ‘यो निकै डरलाग्दो सङ्ख्या हो।’ 

जिल्ला अदालतमा गत वर्ष डेढ सयको हाराहारीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको थियो। जेठ महिना लाग्दै गर्दा अदालतमा दैनिक सम्बन्ध विच्छेदका घटना दर्ता भइरहेको घिमिरेले बताए। ‘सम्बन्ध विच्छेदका कारण उनीहरुबाट जन्मेका सन्तान बेवारिसे हुन थालेको गुनासो आउन थालेका छन्’, उनले भने, ‘बाल मस्तिकमा पार्ने प्रभावले भविष्यमा उत्पन्न हुने जोखिमलाई सोच्न भने सकिएको छैन।’ 

सम्बन्ध विच्छेदका घटनाको ग्राफ बढिरहँदा समाजमा नकारात्मक असर पुर् याउने चिन्ता व्यक्त गर्न थालिएको छ। घिमिरेका अनुसार सम्बन्धविच्छेद भएका घटनामा पनि सम्पत्तिको हक दाबी कार्यान्वयनमा कठिनाइ देखिएको छ। केहीले सम्बन्धविच्छेदको सट्टा अंश चलन र मानाचामलमा मुद्दा दर्ता गरेका छन्। 

जिल्ला अदालत धुलिखेलमा दर्ता भएकामध्ये अंश चलनसम्बन्धी एक सय ७५ थान मुद्दा यस वर्षका छन् । नौ महिनाको अवधिमा महिलाले १६  मानाचामलमा र एक सय ७५ वटा अंश चलनसम्बन्धी मुद्दा दर्ता गराएको घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यही अवधिमा बहुविवाहसम्बन्धी छ मुद्दा दर्ता भएका छन् । 
    
    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.