|

कास्की : पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन्।

मंगलबार बिहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ। पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग२४प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको खम्बामा ठोक्किएको थियो।

वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रो सिटी अस्पताल पठाएको थियो। प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.