|

बैतडी  : जिल्लामा चट्याङ र हावाहुरीका कारण व्यापक क्षति पुगेको छ।  जसका कारण ६ पशुचौपाया मरेका छन् भने एक विद्यालय र पाँच घरमा क्षति पुगेको छ।

गएराति परेको चट्याङका कारण  जिल्लाको मेलौली नगरपालिका ७ काडाका शंकरदत्त भट्ट र जयदेव भट्टको ३ बाख्रा मरेका हुन्।

पन्चेश्वर गा.पा. वडा नं.५ रन्तोली स्थित   जनक सिंह भण्डारीको घरको निजकै आगनमा परेको चट्याङले गोठमा रहेको एउटा गाई मरेको बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

चट्याङकै कारण दोगडाकेदार गा.पा. वडा नं.७ स्थित राम दत्त भट्टले गोठमा बाधेको भैसी र सोही वडाको  चडेपानी स्थित कृष्णनन्द भट्टले गोठमा बाधेको भैसी पनि मरेको छ। 

यस्तै जिल्लाको पाटन नगरपालिका १० पनालीमा रहेको सिद्धसिगास आधारभूत विद्यालयको भवनमा गएरातिको हावाहुरीले क्षति पुर्‍याएको विद्यालयले जनाएको छ। हावाहुरीले विद्यालयको दुई कोठाको छानो उडाएर क्षति पुर्‍याएको र  पठनपाठन प्रभावित भएको प्रधानाध्यापक प्रतापसिंह   विष्टले बताए।  हावाहुरीले पाटन नगरपालिका ८ मा ५ ओटा घरमा क्षति पुगेको छ। हावाहुरीले स्थानीयका घरका छानो उडाएको हो।

खोडपे बजारमा रहेको धन बहादुर कुवँर, डम्बर सिंह विष्ट र केशव भट्टले सञ्चालन गर्दै आएको पसलको छानो उडाएर क्षति भएको छ। यस्तै खोड्पे बजारमै रहेको गगनसिंह महराको पसलमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.