|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकालले ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

केही सञ्चारमाध्यममा आफू र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचारको पुष्टि गर्न चुनौती दिएका छन्।

पार्टीबाट निष्काशित ढाकाकुमार श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउँदा अर्याल र ढकालले उक्त रकम लिएको दावी गरेका थिए। 

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि चर्चामा आएका डा. ढाकाकुमारले सभापति रवि लामिछाने निकट अर्याल र ढकाललाई पार्टी कार्यालय र रेष्टुराँमै पुगेर पैसा दिएको दाबी गरेका थिए। 

उक्त विवाद आएपछि रास्वपाले ढाकाकुमारलाई सांसदबाट हटाएको थियो।

ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ। यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ। आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.