|

काठमाडौं  : नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

आज सुनको मूल्य प्रतितोला एक हजारले घटेर छापावाल सुन १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएका छापावाला सुन आज १ हजार रुपैयाँले घटेको होर यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो।  बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.