|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा.ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्न पार्टीलाई तीन करोड बुझाएको भन्ने समाचारमा सत्यता नरहेको प्रष्टीकरण दिएका छन्।

बिहीबार विज्ञप्ति जारी गरी उनले विभिन्न मिडियाले कपोलकल्पित र तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन्। यो विषयमा आफूले कुनै मिडियामा नबोलेको भन्दै उनले यो समाचारले आफूलाई नैतिक समस्यामा पारेको बताएका छन्।

आधारविना भ्रामक र तथ्यहीन समाचार बनाएर आफू र आफ्नो पार्टीको  चरित्रहत्या गरे कानूनी कारबाहीका जाने चेतावनीसमेत उनले दिएका छन्। उनले निष्पक्ष पत्रकारिकाको धर्म पालना गर्न पनि सम्बन्धित मिडियालाई सुझाव दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.