|

काठमाडौं : २०७९ सालको उत्तम शान्ति पुरस्कार  डाक्टर नवराज केसीको कृति शून्यको मूल्यले पाउने भएको छ। 

उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा केसीको कृति शून्यको मूल्यलाई  पुरस्कार दिने घोषणा गरेको हो।

पुस्तकमार्फत अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःख, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत साहित्यकार डा केसीलाई पुरस्कार दिने निर्णय गरेको गुठीले जनाएको छ। उत्तम शान्ति पुरस्कार एक लाख राशीको छ। 

साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२) मा प्रदान गरिँदै आएको छ। 

गत वर्ष पत्रकार गिरीश गिरीले लेखेको संस्कृतिविद्‍ सत्यमोहन जोशीको जीवनीमा आधारित कृति ‘सत्यमोहन’लाई उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.