|

संखुवासभा : खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा एक युवक प्रेमिकाको हत्या गरी आफैँलाई खुकुरी प्रहार गरी गम्भीर घाइते भएका छन्।

सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नालको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

खुकुरी प्रहार गरी प्रेमिकाको हत्या गरी गदालले हत्या आफ्नो पनि छातीमा खुकुरी प्रहार गरेका छन्। गम्भीर घाइते उनको जिल्ला अस्तपालमा खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको प्रहरीले जनाएको छ। 

स्थानीयवासीका अनुसार गएराति दुवैजना दर्नालको डेरामा बसेका थिए। बिहान घटना थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 
हत्याका कारण नखुलेको अनुसन्धान शुरु गरेको डीएसपी गोदारले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.