|

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन्। राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन्।

 पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला यस्तो अभिव्यक्ति आएको हो।

‘यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,’ आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ। मेदेभदेव प्रायः कडा टिप्पणी गर्छन्।

 गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘संक्रमण’का रूपमा वर्णन गरेका थिए। साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका छन्। मस्कोले पनि शब्द दाबी दोहार्‍याउँदै आएको छ। गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.