|

काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मद्देनजर गरी आजदेखि भिसा क्रेडिट कार्ड सेवा शुरु गरेको छ।

‘सबल बैंक, सफल सहकार्य’को नारा रहेको गुणस्तरीय वित्तीय सेवा दिँदै आएको बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा उक्त सेवा शुरु गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात गरी थप अत्याधुनिक सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच जनतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कार्डमार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवा खरिद गर्दा अधिकतम ४५ दिनसम्म ब्याज नलाग्ने, क्रेडिटकार्ड सिमा १५ हजारदेखि ५ लाखसम्म पाइनेछ। उक्त क्रेडिट कार्ड नेपाल, भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.