|

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले आउँदै गरेको बजेटमा खेलकुद क्षेत्रलाई सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने भएका छन्।

राजधानीमा शुक्रवार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेलकुद पत्रकारिता गरेका व्यक्तिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले बजेटमा खेलकुद क्षेत्र सम्बोधन गर्ने किसिमको बजेट निकासा गर्न पहल गर्ने जानकारी दिएका हुन्।

खेलाडीहरूले बजेटका कारण पर्याप्त अभ्यास गर्न नपाएको र पटकपटक बजेटका लागि आग्रह गरिरहनुपर्ने अवस्था रहेको भन्दै बजेटका लागि माग गरेअनुसार उपलब्ध गराउन प्रयास गर्ने मन्त्री लिम्बूले बताए। बजेट निकास हुने भन्दै आशावादी हुन मन्त्रीले खेलाडीलाई आग्रह गरे।

यस्तै लिम्बुले बजेट कस्तो माग गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल गर्ने समेत बताए। युवा तथा खेलकुद मन्त्रालयले शुक्रवार ६ खेलाडीसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई शुक्रवार सम्मान गरेको छ।

खेलाडीतर्फ उसुका विश्व बुढा मगर र मीना घ्लान, तेक्वान्दोका गीता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबल खेलाडी रामबहादुर तामाङ सम्मानित भए। प्रशिक्षकमा कराँतेकी तारा गुरुङ श्रेष्ठ, निर्णायकमा तेक्वान्दोका दीपेन्द्र ढकाल र खेल चिकित्सकमा प्रा.डा. नवीसमान सिंह प्रधान सम्मानित भए। सबैलाई जनही १ लाखसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरियो।

यसैबीच खेलकुद मन्त्रालयले १० जनालाई खेल पत्रकारिता सम्मान तथा प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको छ। सीताराम कोइराला‚ अर्जुनकुमार सुवेदी, सञ्जीवकुमार शाह, सुवास बिडारी, धनबहादुर गुरुङ, विजय नेपाल, ललितबहादुर बुढा‚ पूर्णबहादुर खड्का‚ ज्योति कटुवाल र दीपक परियार सम्मानित भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.