|

काठमाडौं : प्रतिनिधिसभाको बैठक निर्धारित समयमा आज पनि सुरू हुन सकेन। अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक यो समाचार तयार पार्दासम्म सुचारू हुन सकेको छैन। 

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दलहरूबीच छलफल जारी रहेकाले केही बेरमा बैठक सुचारू हुने बताए। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। 

शुक्रबार पशुपतिनाथमा जलहरी लगाउँदा भ्रष्टाचार भएको विषयमा नेकपा एमालेले सदन चल्न दिएको थिएन। शनिबार बिहान शीर्ष तीन दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले सदन सुचारू गर्ने सहमति भएको थियो। तर, राष्ट्रिय प्रजातन्त्र पार्टीले पुन: बैठक अवरोध गर्ने बताएपछि बैठक सुचारूमा ढिलाइ भएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.