|

काठमाडौ : बायर्न म्युनिखले लगातार ११औँ पटक बुण्डेसलिगाको उपाधि जितेको छ।

गएराति सम्पन्न लिगको अन्तिम खेलमा बायर्न म्युनिखले कोल्नलाई २-१ गोल अन्तरले पराजित गरेपछि लिगको उपाधि जितेको हो।

आजै सम्पन्न खेलमा उपाधिको दाबेदार रहेको डोर्टमण्ड मैन्जसँग २-२ गोलको बराबरीमा रोकिएपछि डोर्टमण्ड उपाधि जित्नबाट चुकेको हो।

अन्तिम खेलमा जितपछि बायर्न र डोर्टमण्डको समान ७१(७१ अंक भएपनि गोलअन्तरमा बायर्न अगाडी रहेकाले लिगको उपाधि जितेको हो।

अहिलेसम्म सबैभन्दा बढी पटक बुण्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । बायर्नले योसहित ३२ पटक यो उपाधि जितेको छ। त्यसपछि बोरुसिया डोर्टमण्ड र बोरुसिया मोनचेनग्लाडवाचले ५/५ पटक जितेका छन्। त्यस्तै वेरडेर ब्रेमेनसले ४ पटक यो उपाधि जितेको छ।

साथै बुण्डेसलिगाबाट बायर्न र डोर्टमण्डसहित आरबी लेइपजिंग र युनियन बर्लिन च्याम्पियन्स लिगका लागि छनौट भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.