|

दक्षिणी चाडमा गोठाला र किसानहरूबीच भएको झडपमा १० जनाको मृत्यु भएको एक जना स्थानीय गभर्नरले बताएका छन्।

चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्वर सीमा क्षेत्रमा प्रायः मुस्लिम घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडप हुुनुको प्रमुख कारण खेतबारीमा लगाएको बालीमा वस्तुभाउ चराउँदा हुने गरेको छ।

गोठालाहरूले आफ्ना गाईवस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानहरूले लगाउँने गरेका छन्भने गोठालाहरूले त्यहाँ आफ्ना वस्तुभाउ चराउनु आफ्नो परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन्।

हिंसाको पछिल्लो कारण गत बिहीबार एक जना १२ वर्षीय गोठालाले आफ्ना गाईवस्तुलाई किसानको बदाम खेतमा लगेपछि भएको हो। त्यस क्रममा  गोठाला र किसानबीच झगडा भयो। झगडा झडपमा परिणत भएपछि ती १२ वर्षे गोठाला मारिए। मडोल क्षेत्रका गभर्नर अदोम फोर्टे अमाडोका अनुसार उनका आमाबाबुले बदला लिन नौ किसानको हत्या गरे। यो घटना राजधानी एनजामेनाबाट छ सय किलोमिटर दक्षिणपूर्वमा भएको हो। हत्यामा संलग्नलाई पक्राउ गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.