|

विराटनगर : कोशी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप भएको छ। विराटनगरस्थित प्रदेशसभा अगाडि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा सुरु गरेपछि झडप भएको हो।

प्रदेशसभा भवन अगाडि प्रहरीले राेकेपछि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए। प्रहरीले प्रदर्शनकारीमाथि पानीकाे फाेहाेरा प्रहार गरेकाे छ भने लाठी चार्ज भने  भएको छैन। झडपको अवस्थालाई मध्यनजर गर्दै बाक्लो मात्रामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.