|
फाइल तस्वीर

काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङनिवासी अनिता ढुङ्गानालाई नियुक्त गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले क्यानडामा २०८० भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको सातौँ सभा तथा सम्बन्धित बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिन्धुलीमाडी–भीमस्थान–चकमके–उदयपुर कटारी सडकखण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने र मध्य तमोर जलविद्युत् आयोजनाको प्रसारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय भएको जानकारी दिइन्।

त्यसैगरी लङ्खुवाखोला साना जलविद्युत् आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न सङ्खुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने मन्त्रिपरिषदले निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.