|

धनगढी : कैलालीमा बस पल्टिँदा ८ जना सिकिस्त भएका छन्।

आइतबार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १ दुर्गौली चोकमा ना ६ ख ८८३३ नम्बरको कर्णाली रिभर साइडको बस दुर्घटना भएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीले उक्त बस अनियन्त्रित भएर पल्टिएको र ८ जना घाइते भएको जनाएको छ। बसमा जम्मा २७ जना सवार थिए।

धनगढीबाट टिकापुर गइरहेको उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको बताइएको छ। चालक धनगढी बस्ने २६ वर्षीय विकास अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.