|

तमिलनाडुको भेल्लोरको अल्लेरी गाउँमा एक बालिकालाई समयमा नै अस्पताल पुर्‍याउन नसक्दा ज्यान गुमाउनु परेको छ।  डेढ वर्षीया बालिकालाई सर्पले टोकेको थियो। बालिकाका आमाबुवा र आफन्तले उनलाई सरकारी अस्पताल पुर्‍याएका पनि थिए तर सडकको खराब अवस्थाका कारण ढिला पुगेका थिए। जसका कारण बालिकाको बाटोमै मृत्यु भएको हो । अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

१८ महिनाकी बालिका धनुष्काका बाबुआमा विजय र प्रियालाई पोष्टमार्टमपछि शव बुझाइएको थियो। एम्बुलेन्समा घर पठाइएको थियो । तर एम्बुलेन्स चालकले सडक खराब देखेर अगाडि जान नमानेको ती अभिभावकले दैनिक भाष्करलाई बताएका छन्। गाउँबाट करिब १० किलोमिटर अगाडिबाट एम्बुलेन्स फिर्ता भएको थियो। जसका कारण ती बुबा आमाले छोरीको शव पैदलै घर लैजान बाध्य भएका थिए ।

यसअघि फेब्रुअरीमा तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले केन्द्रीय यातायात मन्त्री नितिन गडकरीलाई चेन्नईदेखि रानीपेट (NH-4) जोड्ने सडकको खराब अवस्थाबारे पत्र लेखेका थिए। सीएम स्टालिनले सडकको अवस्था यति नाजुक भएको दावी गरेका थिए कि उनले वेल्लोर, रानीपेट, तिरुपत्तुर र तिरुवन्नमलाई जिल्लाहरूमा रेलमा यात्रा गर्ने योजना बनाउनु पर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.