|

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड को बजेट ल्याएको छ। 

अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन्। 

उनका अनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २ प्रतिशत छुट्टयाइएको छ । पूजिँगत तर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७ दशमलब २५ प्रतिशत बजेट राखिएको छ। 

वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत बजेट छुट्ट्याइएको छ। 

यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजन विधेयकभन्दा २ दशमलब ३७ प्रतिशतले कम हो भने संशोधित अनुमानको तुलनामा १६ दशमलब ३७ प्रतिशत बढी हो। 

(हेर्नुस् पूर्णपाठ)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.