|

काठमाडौं : भारतको मणिपुरमा भएको जातीय हिंसामा पछिल्लो पटक एक प्रहरीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। 

उत्तरपूर्वी राज्य मणिपुरको  सेरो र सुग्नु क्षेत्रमा आगजनीका घटना भएका थिए।  राज्यका धेरै भागमा भएका हिंसात्मक घटनामा पाँच जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। 

परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिए पनि सोही अवधिमा हिंसा र आगजनीका घटना भएका हुन्। 

गैरआदिवासी मेइती समुदायलाई अनुसूचित जनजाति (एसटी) मा समावेश गरेकोमा आदिवासीले विरोध प्रदर्शनको क्रममा मे महिनाको सुरुदेखि नै राज्यका विभिन्न भागमा हिंसात्मक झडप भएको छ। 

स्थितिको मूल्यांकन गर्न संघीय गृहमन्त्री अमित शाह मणिपुर पुगेपछि केही मथ्थर भएको हिंसा भड्किएको हो। गृहमन्त्री शाहले  त्यहाँका मुख्यमन्त्री एन बिरेन सिंह, मन्त्री लगायतका प्रमुख राजनीतिक दलसँग छलफल गरेका छन्। 

जातीय झडपमा हालसम्म कम्तीमा ८० जनाको ज्यान गएको छ भने झन्डै तीन सय जना घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.