|

काठमाडौं : भारतको जम्मुमा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ। 

आज बिहान झज्जर कोटली क्षेत्रमा एक पुलबाट बस खसेर भएको भएको दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। 

अमृतसरबाट वैष्णोदेवी जाँदै गरेको बस दुर्घटनामा परेको हो। बसमा ७५ जना सवार रहेको त्यहाँको प्रहरीले जनाएको छ। 

यसैबीच अमेरिकाको फ्लोरिडास्थित हलिउडमा अन्धाधुन्ध गोली प्रहारबाट ९ जना घाइते भएका छन् । एक बालकसहित ९ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ। एक रेष्टुरेन्टमा बसेकाहरुमाथि अन्धाधुन्ध गोली प्रहार भएको र घाइतेहरु सबैको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले दुई पक्षबीचको विवादपछि गोली प्रहार भएको हुन सक्ने आशंका गरेको छ। 

यस्तै नर्दन भर्जिनियामा भएको गोली प्रहारको घटनामा २ जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.