चीनको औद्योगिक महानगर साङ्घाईमा सोमबार एक सय वर्षपछि अधिक गर्मी भएको छ। मौसम विज्ञान विभागले एक सय वर्षमा सोमबार सबैभन्दा तातो दिन अभिलेखीकरण गरिएको बताएको छ।
वैज्ञानिकहरूले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्ला सातामा विगतका ‘रेकर्ड’ तोडेको छ।
आज साङ्घाइको अधिकतम तापक्रम ३६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको उल्लेख गर्दै विभागले यसअघि सन् १८७६, १९०३, १९१५ र २०१८ मा ३५.७ डिग्री सेल्सियस रेकर्ड गरिएको जनाएको छ।
भारतका केही भागमा ४४ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्दा कम्तीमा ११ जनाले ज्यान गुमाएका तथा बङ्गलादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो दिन महसुस भएको छ। थाइल्याण्डको टाक सहरमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ४५.४ डिग्री सेल्सियस मापन गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।