|

महोत्तरी : अज्ञात समूहले महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखा कार्यालयमा मंगलबार ३५ लाखभन्दा बढी रकम लुटेर लगेको छ।

महोत्तरी गाउँपालिका-२ स्थित सो बैंकको शाखामा हातहतियार लिएर गएका ४ जनाको समूहले ग्राहक र कर्मचारीलाई तर्साएर नियन्त्रण लिएर ३५ लाखभन्दा बढी रकम लुटेर फरार प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अज्ञात समूहले ३५ लाख रूपैयाँभन्दा बढी रकम लुटेर भागेको देखिएको छ। दुई मोटरसाइकलमा आएका उक्त समूहले हतियार देखाएर रकम लुटेर भागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

मास्क लगाएर बैंकभित्र पसेका उनीहरूले लुटपाट गरेर दुईतिर भागेको बताइएको छ। प्रहरी उपरीक्षक मल्लले लुटेराहरूको खोजी सुरु गरेको बताए। प्रहरीका अनुसार सिसिटिभी फुटेज हेरेर लुटेराको पहिचान गर्ने प्रयास भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.