|
फाइल तस्वीर

काठमाडौं : एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिका अभ्यास गर्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुन नपाएका लेग स्पिनर सन्दीप लामिछानेले टोलीलाई छनोटमा सफलताको कामना गरेका छन्।

उनले जिम्बावेमा खेल्न जान नपाउने भएपछि सामाजिक सञ्जाल ट्विटरमा विश्वकप छनोटमा नेपाली टोलीको सफलताको कामना गरेका हुन्।

उनले ट्विटरमा भनेका छन् ‘मलाई सबै साथीहरुमा र क्षमतामा विश्वास छ। नेपाली क्रिकेटलाई अहिले विश्वस्तरमा पुर्‍याउन सबैले गरेको क्षमता र प्रदर्शन फेरि पनि दोहोर्‍याउनेमा म विश्वस्त छु। टोलीलाई सफलताको कामनाका साथै शुभ यात्रा।’

जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप छनोटका लागि अभ्यास गर्न नेपाली क्रिकेट टोली मंगलबार राति ३ बजे दक्षिण अफ्रिका जाँदै छ। नेपालले दक्षिण अफ्रिकामा अभ्यासस्वरुप स्थानीय टिमसँग ४ वटा खेल खेल्नेछ।

जिम्बावेमा हुने विश्वकप क्वालिफायरका लागि नेपालका प्रशिक्षक मोन्टी देसाईले घोषणा गरेको १६ सदस्यीय टोलीमा सन्दीप पनि परेका छन्।

बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीप अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा जान नपाएका हुन्।

नेपाली टोली दक्षिण अफ्रिकाबाटै जिम्बावे जानेछ। नेपालले जिम्बाव्वेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्नेछ।

विश्वकप क्वालिफायर असार ३ गते सुरु हुनेछ। नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टोली जिम्बावेसँग खेल्नेछ। नेपालले असार ५ गते अमेरिकासँग, असार ७ गते वेष्ट इण्डिजसँग र असार ९ गते नेदरल्याण्ड्ससँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.