|

मुग्लिन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा  ३२ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको  बस  आज  दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार ३२ जना घाइते भएका हुन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।  
    
तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ। सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेको बसलाई सडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.